हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 941  पटक पढिएको

भारत र चीनले नेपालसँग सम्बन्ध सुदृढ बनेको बताएका छन् । भारतका विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकरले बिहीबार अंग्रेजी भाषाको दैनिक अखबार ‘द हिन्दु’मा अन्तर्वार्ता दिँदै तथा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले बेइजिङमा नियमित प्रेस ब्रिफिङमा नेपालसँगको सम्बन्ध थप सुदृढ भएको बताएका हुन् ।

भारतीय विदेश सचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले हालै नेपाल भ्रमण गरेका थिए । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेले पनि १४ मंसिरमा एकदिने नेपाल भ्रमण गरेका थिए ।

नेपाल–भारत संयुक्त आयोगको बैठकको १२ दिनअघि बिहीबार प्रकाशित अन्तर्वार्तामा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्ध विगतबाट अगाडि बढेको बताए । आयोग बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३० मंसिरमा दिल्ली जाँदै छन् ।

‘विगत केही सातामा नेपाल र भारतले अगाडि बढ्ने निर्णय गरेको स्पष्ट देख्न सकिन्छ,’ जयशंकरले भनेका छन्, ‘घटनाक्रमहरूलाई न्यायको अन्तिम गजका रूपमा लिनुहुँदैन । समस्या आउँछन्, आपसमा समस्या नभएका छिमेकी मुलुक कुन छन्, मलाई देखाउनूस् । हाम्रा अधिकांश छिमेकी प्रजातन्त्रवादी मुलुक छन् । राजनीति उनीहरूको आफ्नो छ, हाम्रो आफ्नो छ । त्यहाँ विषयहरू हुन्छन् । यसको व्यवस्थापन कसरी गर्नुहुन्छ र मिलनबिन्दु कसरी खोज्नुहुन्छ भन्ने अहम् विषय हो ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पनि बिहीबार नियमित प्रेस ब्रिफिङमा दुई मुलुकबीच संयुक्त आयोगको बैठकको तयारी भइरहेको जानकारी दिएका छन् ।

यस्तै, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले दुई मुलुकको मित्रता र आपसी विश्वास थप बढेको बताइन् । दुई देशको सम्बन्धले तेस्रो पक्षलाई असर नगर्ने उनको भनाइ थियो । नेपाल र चीनले यस वर्ष कूटनीतिक सम्बन्धको ६५औँ वर्ष पूरा गरेको र कोभिड–१९ का सन्दर्भमा एकअर्कालाई सहयोग गरेको उनले उल्लेख गरिन् । ‘दुई देशको मित्रवत् सहकार्य नेपाली र चिनियाँ जनताका लागि लाभप्रद छ । हाम्रो सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन,’ उनले भनिन् ।

नयाँ पत्रिका पर्शुराम काफ्ले ले लेखेको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!