हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 670  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटघाट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटलाई नियमित भेट भनिएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास पुगेका थिए। “राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो, अरु विषयमा छलफल भएको होइन” प्रेस विज्ञ बजगाईले भन्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा बढी समय छलफल भएको थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष प्रचण्ड साँझ साढे ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए । उनीहरुबीच पनि करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ । छलफल के विषयमा भएकोबारे जानकारी नगराइएको सचिवालयका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!