हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 1176  पटक पढिएको

कैलाली : बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् ।

गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।

बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।

अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरीले जनाएको आजको राजधानी दैनिकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!