
नेपाली काँग्रेस महानगर समिति बिराटनगरले विहिवार साँझ सरकार विरुद्ध ¥याली प्रदर्शन गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

नगरको पञ्चमुखी हनुमान मन्दिर देखि निकालिएको विरोध ¥याली ट्राफीक चौकमा गई कोण सभामा परिन्त भएको थियो । कोण सभाका वक्ताहरुले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी नियन्त्रणमा लिनु घोर निन्दनिय कार्य भएको भन्दै निषेधको राजनीति गरेको आरोप लगाएका छन् । वक्ताहरुले सरकार निषेधाज्ञा जारी गरी वैमोसमी बजा बजाएको भन्दै दोषीलाई कारबाईको माँग समेत गरेका छन् । प्रहरी प्रशासन समेतलाई वर्तमान सरकारले कठपुतली बनाएको उनीहरुले अरोप लागएका छन् ।

विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेको संयोजकत्वमा भएको सो विरोध ¥यालीमा प्रदेश प्रमुख सचेतक माननीय केदार कार्की, जिल्ला सभापति डिग बहादुर लिम्बु, जिल्ला सदस्य राजेश गुप्ता, महिला संघ मोरगंका सचिब प्रमिला थापा सहित महानगर समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती थियो । सो कार्यक्रमको संचालन महानगर समितिका सचिब प्रकाश दाहालले गरेको थिए ।