रबिन्द्र बराल

बिहिबार, मंसिर १८, २०७७ || 1611  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका काे प्राङ्गणमा मा काेभिड १९ पशचातकाे उत्कृष्ट पुनरागमनकाे सुनिश्चितता तथा २९ आै अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तित्व हरुकाे पहुँच र दिगाे विकास काे लागि हामी सबै काे प्रतिबद्धता भन्ने मुल नारा का साथ अपाङ्ग दिवस सम्पन्न भएको छ । कार्यक्रम काे प्रमुख अतिथि उप प्रमुख केशब कुमारी खराल, प्रसाशक अधिकृत टाेम प्रसाद सुवेदी , शिक्षा साखा का प्रमुख रबिन्द्र कुमार पंण्डित, स्वास्थ्य शाखा का प्रमुख ब्रजेश मेहेता, स्वास्थ्य का भुपेन्द्र मंण्डल, लुथरन सामाजिक कल्याण समाज का कार्यक्रम अधिकृत सुजित साेरेन ,अनुगमन तथा मुल्यांकन अधिकृत सुमन राई, स्थानीय गायत्री गाैतम, दिवकर राजबंशी, लगायत काे उपस्थिति समेत रहेको थियो । दिवस काे अवसरमा रंगेली नगरपालिका भित्र रहेका सामुुुुुुदायक बिधालय का शिशु कक्षा देखि १२ सम्मका ६६ जना बिधालय छात्र ,छात्रा हरु लाई जाडाे याम का लागि सुईटर समेत बितरण गरेकाेे थियोे । कार्यक्रमका प्रमुख अतिथि केशव कुमारी खराल , कार्यकारी अधिकृत ले बालबालिका हरु लाई सुईटर बितरण गरेका थिए । उक्त कार्यक्रम मा सहयोगी संस्था लुथरन सामाजिक कल्याण समाज, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंग समन्वय समिति रंगेली काे अायाेजनामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!