प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले आज शितलनिवास पुगी भण्डारीसँग गम्भीर राजनीतिक परामर्श गरेको बुझिएको छ ।

मन्त्रिपरिषद बैठक पूर्व ओलीको भण्डारीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । उनले कुनै कठोर कदम चाल्न लागेको हुन् कि भन्ने आशंका समेत पैदा भएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चलिरहँदा ओलीमाथि दबाब बढिरहेको छ । उनीमाथि सत्ता छाड्नेसम्मको दबाब बढेपछि देशको राजनीतिलाई दुरगामी असर पार्ने खालको कदम चाल्न तयार हुने सम्मको तयारीहरु हुँदै आएका छन् ।

यसैगरी, मन्त्रिपरिषदको बैठक एक घन्टाका लागि पछि सारिएको छ । अपरान्ह ४ बजेको बैठक ५ बजेका लागि सारिएको हो ।-फाइल तस्बीर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!