बुधवार ७०.६२ अंक बढेर २०७१.०२ मा बन्द भएको शेयर बजार आज विहिवार दिउँसो १ बजे १२.१९ अंकले तल झरेको छ । दुई सप्ताह देखि उचाईमा पुगि रहेको बजार आज लगातार ओरालो लागेको छ । बजार खुलेको १० मिनेट मै २११७ सम्म पुगेको बजार ११ः३० बजे २०६७ मा झरेको थियो । क्रमशः फेरी उकालो लागेको बजार तल झर्दै दिउँसो १ः१०मा २०५८ सम्म तल झरेको छ ।
बजार बन्द हुँदा सम्म केहि परिवर्तन भई हरियो देखिने छ की आजको बजार रातोमय मा नै बन्द हुनेछ भन्ने सबैको लागि चासोको विषय बनेको छ ।