मोरङको धनपालथान गाउपालिकामा पशुु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ । सो गाउपालिकाको वार्ड न ३ मायागन्ज मा शिविर काे आयाेजना गरिएको थियो । २ सय ५० घर धुरिका पशुुचौपायाको स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुुते रोग लागेका पशुु चौपायाको निशुुल्क उपचार गर्नुुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियोे । उक्त सेवामा १ सय ५० बटा गाईकाे गाेवर परिक्षण, र ६ सय गाईकाे मेडिकल उपचार गरिएको नायक पशु सेवा प्राबिधिक शिव कुमार राय ले बताए । सो वर्डाका वर्डा अध्यक्ष गुलाव चन्द मंडल ले सिविरको उद्घाटन गरेका थिए । चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशुुचौपाय विरामी हुुने हुुदा गाउपालिकाको प्रतेक वडा मा पशुु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।