हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 794  पटक पढिएको

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत करार तर्फका इन्जिनियर पर्वत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

घर निर्माण सम्मपन्नको प्रमाणपत्र दिने प्रयोजनको लागी पौडेलले घुस लिएर थिए । सेवाग्राहीसँग मागेको ७५ हजार रकम होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएर उनीमार्फत आफुले लिएको अवस्थामा अख्तियारले उनलाई पक्रेको थियो ।

आयोगले पौडेलको मुद्दामा ७५ हजार बिगो मागदावी लिएको छ । ईन्जिनियर पौडेलले अदुवाबारी खानेपानी आयोजनको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न भएको घरको स्थायी ईजाजत दिएबापत घुस लिएको अख्तियारको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!