हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 586  पटक पढिएको

खलङ्गा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी चराहरू जाडो छल्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हाल साइबेरिया, युरोप, मङ्गोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको कार्यालयका रेन्जर सरोज खड्काले जानकारी दिए । उनले भने, “निकुञ्जमा गत वर्ष करिब १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए ।” मङ्सिर दोस्रो साताभित्रै पङ्खथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएन थालेको रेन्जर खड्काले जानकारी दिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चरा देखा परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!