हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 1232  पटक पढिएको

काठमाडौं । ‘पब्लिक स्पिकर सिजन–२’का विजेता रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय ‘रिङ्केबुङको राँगो’ गीतका कारण चर्चामा रहेका रमेशले कालिकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कस्न लागेका हुन् ।

ताप्लेजुङ निवासी दृष्टिविहीन रमेश आफ्नो वाककलाका कारण चिनिएका हुन् । साथै, दुई महिना अगाडि इन्द्रेणीमा रमेश र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले पनि निकै चर्चा पाएको थियो ।

 

उक्त दोहोरी गाएपछि रमेश र कल्पनाको नाम पनि जोडिएको थियो । यता कालिकोट डिल्लीकोटकी नन्दा सिंह पनि दृष्टिविहीन नै हुन् । उनले अनाथ असहाय बालबालिकालाई सहारा दिँदै आएकी छन् ।

उनले आफ्नो बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर अनाथ असहाय बालबालिकाहरुको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् ।

तीन वर्षको लामो प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् । यही मंसिर २२ गते सुनसरीको धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, रमेश प्रसाईका मिल्ने साथी जीवन विष्ट पनि सोही दिन बैबाहिक बन्धनमा बाँधिने भएका छन् । जीवन विष्टले फेसबुकमार्फत उक्त जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘मंसिर १७ गते रमेश प्रसाईं काठमाडौं र २२ गते जीवन विष्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको उपज एउटै कार्ड छापी एउटै मण्डपबाट यसै महिनाको २२ गते सोमबार विवाह गर्ने सहमति भएको समस्त सुभेच्छुकहरुमा जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!