हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 554  पटक पढिएको

आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक सुरक्षा खतराको कारण देखाउँदै धुम्बाराहीबाट पुनः बालुवाटार सरेको छ । बैठक सार्ने सन्देशको जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अस्ति सर्वसम्मत निर्णय भएको बैठकस्थल पार्टी कार्यालयबाट सार्ने कुरो कदापी मान्य हुँदैन ’ भन्ने जवाफ दिनुभएको बताइन्छ ।

त्यसपछि दोहोर्याएर धुम्बाराहीमा बैठक राख्दा राजावादीहरुबाट हो-हल्ला,जुलुस र सुरक्षा खतराको संकेत देखिएकोले बैठकस्थल सार्नैपर्ने जरुरी सन्देश खुमलटारलाई दिइएको निकटस्थहरूले बताएका छन् । अर्का अध्यक्ष दाहालले ‘कसलाई आक्रमण गर्ने योजना रहेछ र ?’ भन्ने जिज्ञासा राखेपछि बालुवाटारको तर्फबाट ‘त्यसबारे सबै जानकारी गृह मन्त्रालयसँग रहेको जवाफ प्राप्त भएको बताइन्छ ।’

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले दिएको रिपोर्टको हवाला दिदै गृहमन्त्रीले समेत ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको बताएका थिए । त्यसैलाई आधार मान्दै आज दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालयमा हुने भनिएको सचिवालय बैठक पुनः बालुवाटारमै हुने भएको हो ।

यसबाट सरकारले आफ्नै दलको राजधानीमा आयोजना गरिएको सचिवालय बैठकस्थल र नेताहरूको समेत सुरक्षा दिन नसक्ने वा नसकेको अर्थ लाग्न गएको छ । सरकार मुलुकको प्रधानमन्त्री,पूर्व प्रधानमन्त्री,सत्तारुढ दलका शीर्ष नेता र पार्टी कार्यालयको समेत सुरक्षा दिन नसक्ने अवस्थामा पुगेको देखिएकाले अब सर्वसाधारणको जीउधनको सुरक्षा पशुपतिनाथबाहेक अरुले गर्न नसक्ने भन्दै सरकारको आलोचना समेत शुरु भएको छ ।

उच्च स्रोतका अनुसार बालुवाटारले आफ्नो प्रवृत्तिलाई दोहोर्याउँदै बैठक सारेको हो । स्रोतको दाबी छ ‘आफ्नो अनुकूल गराउन बालुवाटारले राजावादीहरूको जुलुस र बिरोध कार्यक्रमलाई देखाउँदै ‘उच्च सुरक्षा थ्रेट’ को बिल्ला भिराएर बैठक स्थल सारिएको हो ।’ यसअघि पेरिसडाँडामा भएको बैठकमा प्रधानमन्त्रीले आफूलाई भर्याङ् उक्लिन गाह्रो भएको बताएपछि पुनः बालुवाटारमा बैठक राखिएको थियो भने,धुम्बाराहीमा बोलाइएको आजको बैठक ‘उच्च सुरक्षा थ्रेट’ लाई अघि सारेर फेरि सरकारी निवासको करेसामै लगिएको छ । त्यहिँ पनि पहिलेका कतिपय बैठकमा उहाँ अनुपस्थित वा क्षणिक उपस्थित मात्रै हुँदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!