मनिस कुमार दास

मंगलबार, मंसिर १६, २०७७ || 1058  पटक पढिएको

प्रदेशका बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका- १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सह-चालक बुढिगंगा गाउपालिका-१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर-१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमवार दिऊँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए । घाईते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका-११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!