हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 1735  पटक पढिएको

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गरेका हुन् ।

कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिन पाल्देन लामाले बताए । उक्त गाउँका प्रतिघरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताए ।
हुम्लाबाट पहिलो सगरमाथा आरोही प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गरेका हुन् । देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले सानो सहयोग गरेको लामाले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!