हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 618  पटक पढिएको

प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको खोलमा लुकाएर अवैध सुन ल्याएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

रुकुम घर भएका बोहोराको साथबाट प्रहरीले २ सय दशमलव १८० ग्राम पाता बनाएको सुन बरामद गरेको छ । उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!