हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 651  पटक पढिएको

प्रहरीले सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । शनिवार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम र धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको टोलीले शनिवार राति सवा ७ बजे लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका–४ का २१ वर्षीय राजन माझी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ७ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!