हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 749  पटक पढिएको

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार उनी आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएका हुन्।महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्नेछन् ।

निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!