
बिराटनगर। युथ युनिटी नेपालले विराटनगरको रानि नाका खोल्न माग गर्दै प्रदर्शन गरेको छ । लामो समयदेखि बन्द रहेको रानी नाका व्यवस्थित तरिकाले खोल्न माग गर्दै युथ युनिटीले रानी भन्सार नाकामा बिरोध प्रदर्शन गरेको हो ।

भान्सार नाका बन्द हुँदा सिटि, टेम्पो रिक्सा चालक, व्यापारी लगायतलाई समस्या परेको भन्दै उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युथ युनिटीका कोषाध्यक्ष मोहमद तनविर ज्युले गत चैत ११ गते देखि सिमा नाका बन्द रहेकोले जनताको शिक्षा स्वास्थ्य कृषि रोजगार र सामाजिक तथा आर्थिक क्षेत्रहरु समेत प्रभावित बनेको बताए । उनले जनताको जीवनलाई थप कष्टकर नदिई व्यवस्थित ढङ्गले सीमाक्षेत्र खुल्ला गरी सहजीकरण गरिदिन आग्रह गर्नु भएका छन्।
साथै उनले दैनिक हजारौँ मानिसहरू चोर बाटोबाट आवत जावत भैरहे पनि मुख्य नाका नखोलेको बताउँदै मुख्य नाका केही भिआईपीहरूले मात्र प्रयोग गर्न हुने र सर्वसाधारण जनतालाई दुःख किन दिइएको सरकार भन्दै प्रश्न गरेका थिए।

सो कार्यक्रमा युथ युनिटी अफ नेपालका कोषाध्यक्ष मोहमद तनविर, स्थानीय व्यवसायी , सिटी , टेम्पु चालक लगायत स्थानीय राजनीतिक दलका अगुवा र युथ युनिटीका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।