हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 902  पटक पढिएको
सफारीबाट भूइँमा ढलेका चालक सुनिल मण्डल तस्बिर -किशोर बुढाथोकी

विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर मंगलबार दिउँसो चालकको मृत्यु भएको छ । विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको ज्यान गएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको स्थानीयले प्रहरीलाई बताउका छन् ।

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले दिएका छैनन् । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताउँदै आफन्तले शवको पोस्टमार्टम गर्न आवश्यक नरहेको भनेर प्रहरीलाई अवरोध गरेका हुन् । उनीहरुले घटनास्थलबाट सिधै घरमा लगेर शवको दाहसंस्कार गर्ने अडान लिइरहेको प्रहरीले जनाएको छ ।

तर मृत्यु अस्वभाविक रहेका कारण घटनाको अनुसन्धान अघि बढाउनलाई शव पोस्टमार्टमका लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । आफन्तले अवरोध गरेपछि शव अस्पताल लैजानलाई थप मद्धतका लागि प्रहरी टोली परिचालन गरिएको उनको भनाइ छ ।

यो समाचार अन्नपूर्ण पोष्टमा बिराटनगर बाट किशोर बुढाथोकीले लेख्नु भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!