हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 1024  पटक पढिएको
तस्बिर -सुजाता लिम्बु

मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम स्थायी घर भई हाल मोरङको टंकिसिनुवारीस्थित सशस्त्र प्रहरी बलको कंकालिनी गणमा कार्यरत ३३ वर्षीय नवीन बुढाथोकी रहेको अस्पतालका आइसाोलेसन प्रम्ुाख सुनिल देवले बताए । उनका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि गत कात्तिक २६ गते उपचारार्थ अस्पताल भर्ना भएका पुरुषको सोही दिन पीसीआर परीक्षण गरिएकोमा भोलिपल्ट उनी संक्रमित देखिएका थिए ।

संक्रमण पुष्टि भएसँगै अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका बुढाथोकीको उपचारका क्रममा गएराति ११ः२२ बजे ज्यान गएको देवको भनाइ छ । फोक्सोले काम गर्न छोडेपछि बुढाथोकीले ज्यान गुमाएको अस्पतालले जनाएको छ । मृतक बुढाथोकी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!