हिपमत डटकम

शुक्रबार, कार्तिक १४, २०७७ || 1290  पटक पढिएको

हिँड्दा, निहुरिँदा वा सुत्दा ढाड दुख्छ ? त्यसो हो भने बेलैमा सजगता अपनाउनुहोस्। तपाईंले थप दुखाइ सहनुपर्दैन । सबै उमेर समूहका व्यक्तिलाई यो समस्या देखापर्छ। अधबैंसे र ज्येष्ठ नागरिक यसबाट बढी पीडित हुन्छन्। बसाइको अवस्था नमिलेर वा अन्य कारण पनि ढाड दुखेको हुन सक्छ। हड्डी तथा नसा रोग विशेषज्ञका अनुसार विभिन्न पेसाकर्मीमा ढाड दुख्ने समस्या देखिएको छ।
हड्डी खिइँदा पनि ढाड दुख्ने समस्या हुन्छ। महिलामा पाठेघर, क्यान्सर समस्याले पनि ढाड दुख्ने हुन्छ। ‘कतिपय रोगका कारण पनि ढाड दुख्छ’, हाडजोर्नी तथा नसा रोग डा. सुसन वैद्यले भने। क्षय रोग, बाथ रोगका कारण यो समस्याले सताउँछ। मोटोपन भएका व्यक्तिमा पनि ढाड दुख्ने समस्या हुने गर्छ। शारीरिक श्रम गर्ने, भारी बोक्ने, माटो खन्नेलाई पनि ढाड दुख्छ।

भारोत्तोलनका खेलाडीले लगाउने बेल्ट राम्रो नभएको अवस्थामा पनि यो समस्याले सताउन सक्छ। गृहिणीलाई लुगा धुँदा पनि ढाड दुख्ने हुन्छ। मिर्गौलाको बिरामी, हड्डी कमलो, क्याल्सियम कमी भए पनि हड्डी दुख्ने समस्या हुन्छ। शारीरिक वजनका कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ। कामले लामो समय उभिनुपर्ने व्यक्तिहरू ढाड दुखाइ सहन बाध्य हुन्छन् ।

ढाड दुख्ने समस्या देखिने बेला सुरुमा मांशपेसी खुम्चिन्छ। नसा खुम्चिने पनि हुन्छ। ढाडको बीचमा हुने डिस्कको समस्याले दुखाइ महसुस हुन्छ। मेरुदण्डको बनावटले पनि ढाड दुख्छ। महिनावारीपछि पनि हर्मोनको कमीले अस्टियापोरियोसिस भएर ढाड दुख्ने हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!