हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 695  पटक पढिएको

सुनसरी,कार्तिक १३ गते ।

सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन ।

यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाइ हिजो विहान १० बजे नियन्त्रणमा लिएको थियो।

 यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 7.657 Made in India लेखिएको पेस्तोल थान-१ र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!