हिपमत डटकम

बुधबार, कार्तिक १२, २०७७ || 1021  पटक पढिएको

पछिल्लो वर्ष एउटा अमेरिकी अस्पतालको इमर्जेन्सी कोठामा एउटा व्यक्तिलाई भर्ना गरिएको थियो । उसलाई के भएको छ भन्ने कुरा डाक्टर पत्ता लगाउने कोसिस गरिरहेका थिए । ती व्यक्ति अत्यधिक टाउको दुखाई, गर्द्धनमा पीडा भएकाले छट्पटाइ रहेका थिए र उनी बारम्बार बान्ता पनि गरिरहेका थिए ।

सिटी स्क्यान, पिसाब जाँच, ब्लड प्रेसर जाँच र शारीरिक जाँच गरेपछि ती व्यक्तिको शरीर भित्र कुनै विषको असर हैन, उनलाई कुनै रहस्यमय रोग पनि होइन । तर, उनले अति नै पिरो खुर्सानी खाएकाले त्यस्तो समस्या उत्पन्न भएको हो भन्ने कुरा डाक्टरले पत्ता लगाए । उनले जुन किसिमको खुर्सानी खाएका थिए । त्यसको नाम करोलिना रिपर (संसारको सबैभन्दा पिरो खुर्सानी) थियो । ३४ वर्षीया ती व्यक्तिले एउटा प्रतियोगितामा त्यो खुर्सानी खाने निर्णय गरेका थिए ।

त्यो खुर्सानी खानाले उनको दिमागका धमनी खुम्चिन थालेका थिए । यद्यपि उनी भाग्यवश बाँचेका थिए । पछि उनी पूर्ण रुपले निको पनि भए । रिपर खुर्सानी दक्षिण क्यारोलिनामा फल्छ । जुन संसारमा सबै भन्दा पिरो खुर्सानी भनेर चिनिन्छ ।यो त एउटा गम्भिर उदाहरण मात्र हो ।

लाखौं मानिस पिरो खानेकुरा खान्छन् । जसका कारण उनीहरुको जिब्रो पनि पोल्न थाल्छ । त्यस्ता खानेकुरा खानासाथ उनीहरु पानी माग्न थाल्छन् । त्यस्ता खानाका कारण कहिलेकाहीँ उनीहरुको पेट पनि बिग्रन्छ । जब पिरो खानाले त्यस्ता समस्याहरु उत्पन्न हुन्छन भने पिरो किन खानु ?

खुर्सानीसँग मानिसहरुको यस्तो मोह हजारौं वर्ष पुरानो हो । यो मोहमा कमी आउला जस्तो पनि छैन । सन् २०१७ र २०१८ को बीचमा संसारभरीमा हरियो खुर्सानीको उत्पादन २७ मिलियनबाट बढेर ३७ मिलियन भएको छ । यो हिसाबले मानिसहरुले खानामा धेरैभन्दा धेरै खुर्सानीको प्रयोग गरेको प्रमाणित हुन्छ ।

बढी खुर्सानी खाइने देश:– हाम्रो छिमेकी राष्ट्र भारतमा नै खानामा खुर्सानीको प्रयोग अति नै गरिन्छ । भारतबाहेक टर्कीमा एक दिनमा एक जना व्यक्तिले करिव ८६ दशमलव ५ ग्राम खुर्सानी खान्छन् । यसको अर्थ संसारभरमा सबैभन्दा धेरै खुर्सानी खाने देश टर्की हो । त्यहाँ मेक्सिकोभन्दा पनि धेरै खुर्सानी खाइन्छ । त्यसैले टर्की मसलादार खानाका कारण लोकप्रिय छ । मेक्सिकोमा एक जना व्यक्तिले करिव ५० दशमलव ९५ ग्राम खुर्सानी खान्छन् ।

धेरै खुर्सानी खान किन मन लाग्छ ? :-

रोमाञ्च खोज्ने चाहना तथा खुर्सानीको केमिकलको स्वादको बढ्दो चाहनाबीच अडकिएको एउटा जटिल कहानी छ । समयसँगै खुर्सानीमा क्याप्सासिन नामक एउटा केमिकल उत्पन्न भयो । जुन त्यसको पिरोपनाको कारण हो । तर, अझ पनि यसमा बिबाद रोकिएको छैन। वैज्ञानिकहरुका अनुसार खुर्सानीको बोटमा त्यस्तो पिरो केमिकल जनावर अथवा किरा-फट्याङ्ग्राले खान नसकोस् भनेर पिरो बनेको हो । चराहरुलाई खुर्सानी खान कुनै समस्या हुँदैन ।

चराहरुले सजिलै खुर्सानी खान्छन्– खुर्सानीको बोटबिरुवाका चरा-चुरुङ्गीका लागि कसरी फाइदाजनक हुन्छ भन्ने कुरा अमेरिकाको यूनिभर्सिटी अफ एरिजोनाले पत्ता लगाएको छ । स्तनधारी जनावरहरुको पाचन प्रक्रियामा खुर्सानीको विउ टुक्रिन्छ र त्यो पुनः अंकुरित हुँदैन । तर, पन्छिहरुसँग त्यस्तो हुँदैन । उनीहरु सबै बिऊ निल्छन् र मलमा पुरै बिऊ निकाल्छन् । त्यसबाट नयाँ बिरुवा उम्रन्छ ।

यदि खुर्सानीको पिरोपनाले स्तनधारी जनावरहरुलाई खुर्सानी खान रोक्छ भने मानिसहरुले खुर्सानी कसरी खान सक्छन् ? मानिसमा एन्टी फङ्गल र एन्टी ब्याक्टेरियल प्रोपर्टीज हुने भएकाले मानिसहरु मसलेदार खाना खान्छन् ।जुन खानामा मसला धेरै हुन्छ । त्यो खाना कुहिने सम्भावना कम हुन्छ भन्ने कुरा मानिसहरुलाई महसुस भयो ।

सन् १९९८ मा यो परिकल्पना कर्नेल विश्वविद्यालयका जीवविज्ञानी जेनिफर बिलिङ्ग र पल डब्लुशेरमनले अगाडि ल्याएका थिए ।उनीहरुले ३६ वटा देशहरुमा मासुको हजारौं पारम्परिक व्यञ्जनलाई बनाउने तरिका ध्यान दिएर हेरेका थिए । जसमा उनीहरुले गर्मी ठाउँहरुमा मसलाहरुको धेरै प्रयोग हुन्छ । किनभने गर्मी ठाउँमा खाना बिग्रने खतरा बढी हुन्छ भन्ने कुरा पत्ता लगाए ।

के खाद्य विषाक्तता बच्नका लागि खुर्सानी खाना सुरु गरिएको हो ?:-

गर्मी हुने देशहरुमा प्रायः सबै मासुको परिकारमा केहीमा एउटा मात्र मसला हाल्छन् र धेरैमा विभिन्न किसिमको मसलाहरु हालिन्छ । त्यस्तो चिसो हुने देशहरुमा ब्यञ्जनहरुमा कम मसला हालिन्छ । खुर्सानी धेरै प्रयोग हुने देशहरुमा थाइलेन्ड, फिलिपिन्स, भारत र मलेसिया जस्ता देशहरुको नाम अगाडि आउँछ । त्यस्तै स्वीडेन, फिनल्यान्ड र नर्वे जस्ता देशहरुमा खुर्सानी सबैभन्दा कम प्रयोग गरिन्छ ।

वैज्ञानिकका अनुसार खानेकुरालाई हामी सुकाउने, नुन अथवा मसला लगाउने जस्ता कुरा गरेर किटाणुहरुबाट बचाउने कोसिस गर्छौं । किटाणुहरुले पनि हामीले खाने खानेकुरा नै खान मन पराउँछन् । त्यसैले खानालाई विभिन्न तरिकाले सुरक्षित पारेर हामी स्वयंलाई फुड पोइजनिङ हुनबाट बचाउँछौं ।टर्की खुर्सानी उत्पादन गर्ने एउटा ठुलो देश हो र त्यहाँ यसको खपत पनि धेरै हुन्छ ।

स्वादका माध्यमहरु:– फूड एन्थ्रोपोलाजिस्टका ओरी कोनोरले यसको अर्को कारण बताउँछिन् । उनी भन्छिन्-‘जसरी आलु र उखुको बारेमा युरोपमा शताब्दीसम्म पनि थाहा थिएन । त्यसैगरी खुर्सानीको बारेमा पनि कसैलाई थाहा थिएन ।

तर, जब युरोपका मानिसहरु अमेरिका पुगे र व्यापारको बाटो खुल्यो । त्यसपछि खुर्सानी संसारभरी फैलियो ।’भारत, चीन र थाइल्याण्डसहित विभिन्न देशहरुमा मानिसहरुले खुर्सानीको यो अलग स्वादलाई आफ्नो परिकारमा परीक्षण गर्न सुरु गरे । त्यो समयमा युरोपमा खाना स्वादहीन हुन्थ्यो । त्यसपछि उनीहरुले चिनी जस्तै खुर्सानीलाई आफ्नो खानालाई स्वादिलो बनाउनका लागि प्रयोग गर्न थाले ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!