हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 1440  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड बडादसैंको अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ ।

शुक्रबार ओलीले जारी गरेको शुभकामनामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेको पुरानो नक्सा छ ।

नेपालको भू–भाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो ।

तर, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट नै प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ ।

यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रका शर्माले यसलाई सामान्य त्रुटि मान्ने नसकिने बताएका छन् ।

यसमा गम्भीर विमति दर्ज गर्न माग गर्दै उनले प्रश्न गरेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!