हिपमत डटकम

शुक्रबार, कार्तिक ०७, २०७७ || 691  पटक पढिएको

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!