हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 1308  पटक पढिएको

आज बजारको शुरुवात सकारात्मक रुपले अगाडी बढे पनि केही बेरमै ७ अंकले तल झर्दा बजारमा निकै दबाब देखिएको थियो । तीन दिन देखि लागातार हरियोमय देखिएको शेयर बजारमा आज मध्यह्न पश्चात बढेका दबाब १५९६ मा उकालो चढेर निरन्तर ओरालो लाग्दै अन्तमा एक्कासी माथी चढेर १५९७.७२ मा बन्द भएको छ ।
१३.९४ अंकले बृद्धि भएको आजको बजारमा १ अर्व ६३ करोड ३२ लाख ४६ हजार १४८ टर्नअभर भएको छ भने ५५ लाख ९ हजार ४४८ शेयर ट्रेड देखिएको छ । १९२ कम्पनीको सहभागीता भएको आजको कारोबारमा होटल, हाइड्रो पावर, फाइनेन्स र निमार्ण र प्रशोधनमा रातो देखिए पनि अन्य सबै क्षेत्रमा हरियो देखिएको छ ।

आजको कारोबारमा शीर्ष १० स्थानमा वृद्धि भएका मध्ये जी आइ सी ९.८४, एन एच डी एल ४.४९, एस ए डी बी एल ४.४०, एन आइ सी ए ४.१३, के बी एल ३.९६, एस टी सी २.७४, जी एफ सी एल २.६२, एम इ जी ए २.६१, एस आर बी एल २.४८ र एन बी एल २.४५ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
त्यस्तै तल झरेका शीर्ष १० मध्ये एन एफ एस ५.०५, के के एच सी ४.७२, ए के जे सी एल ४.७२, पी एम एच पी एल ४.५२, एन एच पी सी ४.२४, सी एच एल ४.१२, यु एन एच पी एल ३.९१, के पी सी एल ३.७०, जी एच एल ३.७० र आर एच पी सी ३.६६ प्रतिशतले तल झरेको छ ।
दशै तिहारको बेला बाजार १६०० सम्म जान सक्ने संभावनालाई नकार्न नसकिने भए पनि भोली विहिवार सप्ताहको अन्त कुन रुपमा हुने आम उत्सुकताको विषय भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!