सोमबार, आश्विन २६, २०७७ || 1272  पटक पढिएको

कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुप¥यो । ” दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गर्नुभयो । उहाँका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

उहाँका अनुसार केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ । उहाँको अनुभवमा अरू खाद्यवस्तुको तुलनामा दुगडका उत्पादन तेल, आटा, दाललगायतका सबै सामान प्रतिकेजी वा प्रतिलिटरमा २० देखि ४० रुपियाँसम्म महँगो भएको छ । सङ्घका अनुसार यसअघि २५५ रुपियाँ प्रतिलिटरमा पाइने धारा तोरीको तेलको मूल्य थोकमै २६५ सम्म पु¥याइएकोे छ । मासको दाल प्रतिकेजी १६० बाट १७० रुपियाँ पु¥याइएको सङ्घले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताउनुभयो । नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सो सङ्घले नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा देखिएको जनाएको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारको बजार अनुगमनले साना व्यापारीबाट राजस्व उठाउने र ठूला व्यापारी एवं उद्योगीलाई संरक्षण गर्नेबाहेक अन्य कुनै काम हुन नसकेको आरोप लगाउनुभयो । उहाँले दशैँको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको र चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार चुकेको बताउनुभयो । चाडपर्वका बेला बजारमा वस्तु तथा सेवाको खरिद बिक्री धेरै हुँदा व्यवसायीले कालोबजारीसमेत गर्ने गरेको उहाँको अनुभव छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित चार÷पाँच वर्ष समूह बनाएर अनुगमन गरिरहेको बताउनुभयो । उहाँले पछिल्लोपटक दाल, गेडागुडी र खाने तेलको भाउ बढेको गुनासो आएको र अबको अनुगमन त्यसैमा केन्द्रित हुने पनि जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!