आइतबार, आश्विन २५, २०७७ || 556  पटक पढिएको

स्वीटजरल्याण्डमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको समुह डीमा शीर्ष स्थानमा कायम रहन सफल भएको छ । रियल सोडिडाडका फरवार्ड मिकेल ओयारजाबालले पहिलो हाफमा खेलको एक मात्र गोल गरे ।

वुल्भरह्यम्पटन वान्डरर्सका अडामा ट्राओरेले खेलमा स्पेनका लागि डेब्यू गरेका थिए भने स्वीटजरल्याण्डका लागि कोरोनाभाइरसबाट संक्रमणमुक्त हुँदै जेर्डान शाकिरी मैदानमा उत्रिएका थिए । चेल्सीका केपा अरिजाबालागाको स्थानमा डेभिड डिगेयालाई खेलाइएको थियो । उनले खेलमा क्लिनसिट राख्न सफल भए ।

समूह डीमा स्पेनको ३ खेलपछि २ मा जीत र एकमा बराबरी गर्दै सात अंक रहेको छ । दोस्रो स्थानमा रहेको जमर्नीको ५ अंक रहेको छ ।

 

जर्मनीले पनि प्रतियोगितामा पहिलो जीत हासिल गर्दै युक्रेनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । जोआचिम लोको टोलीले यसअघि प्रतियोगिताका ६ खेलमा जीतविहीन रहेको थियो । जर्मनीको जीतमा माथियास गिन्टर र लियोन गोर्टेज्काले एक–एक गोल गरे । खेलको दोस्रो हाफमा रुस्लान मिनिनोभस्कीले पेनाल्टीबाट गोल फर्काए पनि जर्मनीले युक्रेनलाई रोक्न सफल भएको थियो ।

दुई वर्षअघि नेसन्स लिगमा जर्मनीले एक पनि खेल जित्न सकेको थिएन । सन् २०२०–२१ को संस्करणमा तीन खेल पछि जर्मनीको ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!