बंगाली र हिन्दी फिल्ममा अभिनय गरिसकेकी नायिका मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । रिपोर्ट अनुसार नायिकाको अन्तिम संस्कार शनिबार गरिएको छ ।

सन् २०१३ मा गरिन् बलिउड डेब्यूः

सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन् र पछिल्लो केही महिनादेखि किटो डाइटमा थिइन् । मिष्टि मुखर्जीको परिवारमा उनका आमा–बुवा र भाइ छन् ।

थुप्रै आइटम नम्बरमा गरिन् कामः

फिल्म ‘मे कृष्णा हुँ’ मा डान्स नम्बर गरेपछि मिष्टि मुखर्जीले निर्देशक राकेश मेहताको फिल्म ‘लाइफ की तो लग गई’ मा काम गरिन् । मिष्टि मुखर्जी बोल्ड म्युजिक र आइटम नम्बर्समा निकै चर्चित थिइन् । यसबाहेक उनी थुप्रै ठूला पार्टी र कार्यक्रममा देखिन्थिन् ।

विवादमा आयो नामः

सन् २०१४ मा मिष्टि मुखर्जीको एउटा ठूलो विवादमा नाम मुछियो त्यसपछि मुम्बईमा उनको घरको अनुसन्धान गर्दा ठूलो परिमाणमा अश्लिल सिडी बरामद भएको थियो । यो मामिलामा उनका पिता र भाइलाई पक्राउ गरिएको थियो तर पछि उनलाई जमानतमा छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!