मिर्गौला बिग्रिएर जीवनमा तनांं व भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर, समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन सक्छ ।झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ ।

स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् ।मतलब मिर्गौलामा नभएर अन्य समस्या भएको जस्तो लाग्छ, जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहने जस्ता लक्षण देखिन्छन् ।

सामान्य व्यक्तिमा मिर्गौला बिग्रिएको लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ ।मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

दीर्घ रोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घ रोगीलाई बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ ।

दीर्घ रोगीले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै ख तराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ ।बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!