एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो ।

बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले यो गेम तयार गरेको हो र यसलाई पब्जीको प्रतिद्वन्द्वी भनिएको छ । कम्पनीले यस गेमलाई फौजी नाम दिएको छ र यो अक्टोबरको अन्त्यसम्ममा बजारमा आउने भनिएको छ । कम्पनीका अनुसार अक्षय कुमारले नै यस खेलको नाम जुराएका थिए । शुक्रबार अक्षयले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत यस खेललाई ल्याइएको जानकारी दिएका थिए ।

कम्पनीका सह संस्थापक विशाल गोंडलले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै यस खेलको पूरा नाम ‘फियरलेस एन्ड युनाइटेड गार्डस्’ भएको जानकारी दिए । यस गेमा धेरै समयदेखि काम भइरहेको र यस खेलको पहिलो लेभल गलवान घाटीमा आधारित रहेको बताए ।

गलवान घाटीमा नै चीन र भारतका सैनिकबीच जुनमा पहिलोपटक हिंस्रक झडप भएको थियो । यसमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । त्यहाँ वास्तविक नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव जारी रहेको छ ।

यही गतिरोधका बीच भारत सरकारले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीद्वारा बनाइएका ११८ अन्य मोबाइल एपमाथि बुधबार प्रतिबन्ध लगाएको थियो ।

पब्जी अर्थात् प्लेयर अन्नोन्स ब्याटलग्राउन्डस् केही समयदेखि भारतमा लोकप्रिय रहेको थियो । विशेष गरेर युवामाझ लोकप्रिय यस खेलमा प्रतिबन्ध लगाएपछि यसको विरुद्ध तिखो प्रतिक्रिया देखिएको छ ।

आलोचकका अनुसार फौजीको माध्यमबाट एनकोर गेम्स ‘राष्ट्रवाद’ को व्यापार गर्न खोजिरहेको छ । कम्पनीका सह संस्थापक विशाल गोंष्लले मोबाइल गेमबाट हुने कूल आम्दानीको २० प्रतिशत भारतीय सेनाका शहिद परिवारलाई दिने घोषणा गरेका छन् ।

आलोचनाका साथै सामाजिक सञ्जालमा यसको धेरै खिल्ली पनि उडाइदैछ । हेरौँ केही रोचक पोष्टहरुः

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!