सोमबार, भाद्र ०१, २०७७ || 729  पटक पढिएको

लागूऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­२ स्थायी घर भई हाल महाकाली नगरपालिका­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । भूलका साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछका क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको एवं प्रहरी निरीक्षक जोशीले बताए ।

भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मुद्धा दर्ताको तयारी भएको छ । यसअघि बन्दाबन्दीका समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!