
सुनसरीमा एक युवाको विभत्स हत्या भएको छ । युवाको हत्या गरि उनको शवलाई पानीमा फालेको अवस्थामा भेटिएको छ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका घर भएका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । गुनानन्द यादवको हत्या के कारण ले भाको कसले हत्या गर्यो अहिले अनुसन्धान भईरहेको छ। गुनानन्द यादवको हत्या गरेको आशंकामा प्रहरीले केहि व्यक्तिहरु पक्राउ समेत गरेको छ। यादबलाई मारेर कसैले खोलामा उनको शवलाई फालेको थियो। उनको शव हेर्दा निकै नै हृदय विदारक देखिएको छ। निकै नै क्रुर तरिकाले उनको हत्या गरिएको हो।
