
मोडेल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतमा अभिनय गरेसंगै मोडेल ओ बि रायमाझीले पहिलो पटक गायकको रुपमा पनि दर्शक सामु आफ्नो पहिचान बनाउन लागेका हुन् । गीतमा उनलाई सन्ध्या बुढाले साथ दिएकी छिन भने भिडियोमा क्रान्ती केसीको निर्देशन र सम्पादनमा तयार पारीएको छ । देव गौतम निर्माता रहेको भिडियोमा अजय रेग्मीको छाँयाकन रहेको छ ।

गीतमा प्रकाश पराजुलीको शब्द रहेको छ भने एरेन्ज कृष्ण बिकले गरेका हुन । गीतलाई दर्शकले अत्यन्तै रुचाउनुका साथै गीतले दर्शकको मन जित्नमा निर्माण टिम निर्धक्क छ्न् । भिडियोमा ओबि रायमाझीसंगै चर्चित अभिनेत्री तथा मोडेल निता ढुंगानाको पनि अभिनय देख्न सकिन्छ भने नव कलाकार सुनिल गौतमलाई डेब्यु मोडेलको रुपमा प्रस्तुत गरिएको छ । गेस्ट आर्टिष्टको रुपमा गायिका सन्ध्या बुढालाई पनि देख्न सकिन्छ । भिडियो ओ बि रायमाझीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।