

अविवाहित मुख्य मन्त्रीमा स्वभाविक नै इम्युनिट पावर अधिक हुनु पर्छ


हरेक दिन कोरोन संक्रमितको संख्या देशभरि नै बढ्दै गईरहेको छ। मानिसहरु त्रसित छन्। कोरोना संक्रमितहरुले उचित उपचार पाएको छैन उपचारको त के कुरा गरौ अस्पतालसम्म पुर्याउन सकेको छैन सरोकारवाला निकायले। प्रदेश एक का मुख्यमन्त्रि शेरधन राईले जनताको घर घरमा सेवा पुर्याएका छौ भनेर अभिव्यक्ति दिरहदा धेरै मानिसहरुले सामाजिक संजालमा मुख्यमन्त्रि शेरधन राईलाई उडाएका छन्। यतिमा मात्र कहाँ सिमित हुनु भयो र हाम्रो मुख्यमन्त्रि ज्यु बिना माक्स सामाजिक दुरीको उलंघन गर्दै झापामा सडक उद्घाटनमा ब्यस्त हुनु भयो। के हाम्रो मुख्यमन्त्रि ज्युलाई कोरोनासंग डर लाग्दैन ?

अविवाहित मुख्य मन्त्रीमा स्वभाविक नै इम्युनिट पावर अधिक हुनु पर्छ शायद त्यसैले होला वहाँले पनि कोरोनालाई प्रधानमन्त्री कै वाक्यलाई ब्रह्मवाक्य मानी बेसर पानीलाई मुख्य औषधी सेवन गरेर बिना मास्क लगाई भीडभाडका बीच सडक उद्घाटन गर्नु भयो । भोटको लागि जनताको सेवा होइन साम, दाम, दण्ड, भेद नै अपनउनु पर्ने पुरातन मान्यतालाई उहाले पनि सत्य साबित गर्नु भयो।