शुक्रबार, साउन ३०, २०७७ || 713  पटक पढिएको

आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बिहीबार तोलामा दुई हजार ६०० रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्टिंय बजारमा पनि सुनको भाउमा वृद्धि भइरहेको छ । शुक्रबार सुन २३ डलरले वृद्धि भई प्रति अउन्स एक हजार ९५१ डलरमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन बिहीबार अन्तराष्ट्रिय बजारमा सुनकाे मूल्य प्रति अउन्स एक हजार ९२८ डलर ताकिएकाे थियाे ।

बुधबार अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएसँगै नेपाली बजारमा त्यसको प्रभाव परी सुन ताेलामा ६ हजार २०० रूपैयाँले घटेर प्रतिताेला ९५ हजार ४०० रूपैयाँसम्म पुगेकाे थियाे । तर बिहीबार भने सुनकाे मूल्य वृद्धि भएर प्रतिताेला ९७ हजार ८०० रूपैयाँमा किनबेच भएकाे थियाे ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ तोकिएको छ । अघिल्लाे दिन चाँदी प्रतिताेला एक हजार २९५ रूपैयाँमा काराेबार भएकाे थियाे । सुनको मूल्य बढेर नयाँ उचाई कायम गरेपछि अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरु बिक्री गरि नाफा बुक गर्दा बुधबार मूल्यमा उच्च गिरावट देखिएको बताइएको छ। बुधबार उच्च दरले मूल्य घटेपछि लगानीकर्ताहरु पुनः सुन खरिद गर्न थालेपछि बिहीबार तथा शुक्रबार सुनको मूल्य बढेको हो।मेरोलागानी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!