जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय सुनाईएका बक्लौरी -६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती-४ का सुनेर कुमार ठाकुरलाई सामान्य बाद बिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो । घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका-६ बाट तथा चौधरीलाई ईनरुवा नगरपालिका-४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!