बुधबार, साउन २८, २०७७ || 795  पटक पढिएको

पछिल्लो क्याबिनेट बैठकमा प्रधानमन्त्री असाध्य शान्त,सुन्दर र गम्भीर मुद्रामा प्रस्तुत हुनुभएको लामो समयदेखिका एकजना मन्त्रीले बताएका छन् । उनका अनुसार साँढे दुई वर्षका धेरैवटा क्याबिनेट बैठकमध्ये एक दुई वटामा मात्र प्रधानमन्त्री यसरी शान्त र गम्भीर मुद्रामा देखिनुभएको हो । हिजोको बैठकमा वहाँले कुनैपनि किसिमको छेडखान, यो, त्यो केही गर्नुभएन । कुनै ठूलो मन्तव्य वा उपदेश पनि नदिनुभएको र नितान्त एजेण्डामा केन्द्रित हुनुभएकोमा अधिकांश मन्त्री प्रफुल्ल थिए । त्यो देखेर सबैजनाले अनौठो मानेको स्रोतको दाबी छ ।

एकाध अस्थायी कर्मचारी र सेना तथा अदालतको विषय रहेकाले पनि सबैले सञ्चो मानेका थिए । पछिल्लो पाँच महिनादेखि प्राय: क्याबिनेट बैठकमा कोभिड–१९ सम्बन्धी एउटा न एउटा विषय हुने गरेको छ । हिजो पनि कोभिड–१९ सम्बन्धी महत्त्वपूर्ण एजेण्डा थियो ।

असार पहिलो सातादेखि लकडाउन खुकुलो बनाएपछि बढ्न थालेको कोरोना संक्रमणले उग्र रूप लिन थालेको छ । पछिल्ला दिनमा राजधानी काठमाडौंमा संक्रमितहरूको संख्या ह्वात्तै बढेकाले सरकारले पूर्ण लकडाउन नगरेपनि विभिन्न क्षेत्रमा थप कडाई गर्ने मनस्थिति बनाएको बताइएको छ ।

अर्को सातादेखि अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायातका साथै शिक्षण संस्थाहरू समेत सुचारु गर्ने यसअघि नै बताइएको थियो । तर हिजोको बैठकले भदौ १५ गतेसम्म रोक्का गर्ने निर्णय गरे पनि कम्तिमा भदौ महिनाभरि ती सेवा रोक्का हुनसक्ने एकजना मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!