मंगलबार, साउन २७, २०७७ || 1600  पटक पढिएको

कोरोना विश्वमहामारीले त्रसित बिराटनगर महानगरपालिका तथा यस क्षेत्रका ग्रामीण समाज निःशुल्क निर्मलिकरण (सेनिटाइज) ले उत्साहित भएका छन् ।
लायन्स क्लब महानगर, लायन्स क्लब गोग्राह र न्यू लाईफको संयुक्त आयोजनमा महानगर तथा गोग्राहाका अध्यक्ष पंकज वर्मा र राजन निरौलाको संयोजकत्वमा महानगरको विभिन्न स्थान तथा विराटनगर वरिपरिका ग्रामिण क्षेत्रमा समेत कोरोना भाइरस निर्मलिकरण भई रहेको छ ।
महानगर भित्रका भिडभाड हुने मठ मन्दिर, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थल, कोरोना संक्रमित क्षेत्र तथा महानगर भित्र बाटोको दुबै तिरको ढोका सटरहरुमा निर्मलिकरण भई रहेको अध्यक्ष वर्माले हिपमत डटकमलाई जानकारी दिए । आफ्नो ज्यानको परवाह नगरि कोरोना भाइरस निर्मलिकरणमा लागि परेका कोरोना योद्धाहरुलाई आम जनताले हौसला बढाइ रहेकोले हामी निकै नै उत्साहित भएका छौ भन्दै अध्यक्ष वर्मा आज सात दिन देखि लगातार हामी निर्मलिकरण गरि रहेका छौ र अगाडी पनि यसरी नै गर्ने छौ भन्ने आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!