मंगलबार, साउन २७, २०७७ || 1934  पटक पढिएको

पछिल्लो गीत ‘के माया लाग्छ र ?’ का कारण चर्चामा रहेका गायक निशान भट्टराईले विवाह गरेका छन् । मंगलवार कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

निशान र ऋचाले काभ्रेस्थित धुलिखेल जिल्ला अदालत पुगेर विवाह गरेका हुन् । उनीहरुको नेपाल बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराएको जानकारी प्राप्त छ ।

पहिलो नेपाल आइडलका फस्ट रनरअफ समेत रहेका निशान भट्टराई अहिलेका व्यस्त गायकमध्ये एक हुन् । छोटो समयमा आफ्नो गायन कलाबाट सफलताको सिढी चढेका उनले नेपाली चलचित्रका गीतमा पनि आवाज भरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!