सोमबार, साउन २६, २०७७ || 750  पटक पढिएको

जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको बाह«विघाबाट चिनीको झोलाभित्र पेस्तोल बोक्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई पक्राउ गरेको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाएको ४ दशमलव ५लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादव हतियार कारोवारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!