सोमबार, साउन २६, २०७७ || 2611  पटक पढिएको

काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!