सोमबार, साउन २६, २०७७ || 787  पटक पढिएको

काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।

पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फेला परेका सङ्क्रमित प्रहरी कर्मचारी बन्दाबन्दी सुरु भएदेखि कोठा र कार्यालयबाहेक अन्य स्थानमा गएको देखिएको छैन ।

सङ्क्रमित व्यक्ति महानगरीय प्रहरी कार्यालयका ‘हजाम’ हुन्, शङ्का लागि केही प्रहरी कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीमा पोजेटिभ आएछ, ती प्रहरी अधिकारीका अनुसार हजामको सम्पर्कमा आएका ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलका पीएसओ (पर्सनल सुरक्षा अधिकृत)को यात्रा विवरण पनि उपत्यका बाहिर देखिँदैन । प्रहरी नायब निरीक्षक दर्जाका ती प्रहरी अधिकारीमा शनिबार कोरोना देखिएको छ ।

बबरमहलस्थित औषधि व्यवस्था विभागको चमेना गृहमा कार्यरत एक महिलाको पनि यात्रा विवरण नदेखिएको गोरखापत्र दैनिकमा खवर छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!