
आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व. श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । अभिनेता श्रेष्ठको २०७१ साल साउन २५ गते नि धन भएको थियो । उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु गरेका छन् । सदाबाहर अभिनेत्री करिश्मा मानन्धरले तिमी सधैं हामी बिच सुनौलो सम्झना बनेर रहिरहने छौ श्री, आज साउन २५ गते, हार्दिक श्रद्धासुमन श्री कृष्ण भन्दै आफू र श्रीबीचको एक फिल्मको भिडियो सार्वजनिक गरेकी छिन् ।

दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो । नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिनाअघि हनिमुनका लागि सिमला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । श्रीको राष्ट्रिय सम्मानका साथ अन्त्यष्ठी गरिएको थियो भने हजारौ नेपालिहरु उनको अन्त्यष्ठीमा सामेल भएका थिए ।
चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ वर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले थुप्रै फिल्ममा अभिनय गरेका थिए । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा श्रीकृष्णले दिएका थिए ।