भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोस देश छाडी संयुक्त अरब इमिरेट्स पुगेको पुष्टि भएको छ । उनी अबुधाबीस्थित पाँच तारे होटल इमिरेट्स प्यालेसमा पुरै तल्ला बुक गरी बसेको खुलासा भएको छ ।

कार्लोसको अबुधाबीका राजकुमार मोहम्मद बिन जायद अल नयानसँग सुमधुर सम्बन्ध रहेको बताइन्छ । उनी अबुधाबी ओर्लिएको तस्बिर स्पेनको मिडिया ग्रुप एनआइयुएसले सार्वजनक गरेको छ ।

पूर्व राजा कार्लोस यसअघि डोमिनिक रिपब्लिकमा पुगेको खबर आएको थियो । उनले गत हप्तामात्र देश छाड्ने घोषणा गरेका थिए ।
८२ वर्षीय पूर्व पूर्व राजा कार्लोसले आफ्ना छोरा राजा फेलिपलाई चिठ्ठी लेखी देश छाड्ने निर्णय गरेका थिए । भ्रष्टाचारमा नातेदार मुछिई विवादमा आएपछि कार्लोसले फिलिपलाई छ वर्ष अघि सत्ता हस्तान्तरण गरेका थिए । देश छाडेपनि कार्लोसले भ्रष्टाचारको अनुसन्धानमा आफूसँग सोधपुछ गर्न चाहेमा उपलब्ध हुने भनेका छन् ।

कार्लोसमाथि साउदी अरेबियाको तिव्र गतिको रेल निर्माणको सम्झौतामा भ्रष्टाचार गरेको अभियोग छ । दुई महिना अघि स्पेनको सर्वोच्च अदालतले उक्त मामलामा अनुसन्धान शुरु गरेको थियो । ७ अर्ब ७० करोड डलर लागतको मक्का मदिनासम्मको रेल लिंक निर्माणमा स्पेनको निर्माण कम्पनिले ठेक्का पाएको थियो ।

सन् १९७५ मा जनरल फ्रान्कोको निधनपछि राजा कार्लोसले स्पेनलाई निरंकुशताबाट लोकतन्त्रतर्फ लगेका थिए । ३९ वर्ष शासन गरेर उनले सत्ता छाडेका थिए ।-Photo Source: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!