भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् । हिजो एउटा भर्चुअल सम्मेलनमा उनले बुद्ध र महात्मा गान्धीलाई ‘महान भारतीय’ भनेका हुन् ।

जयशंकरले क्न्फडरेसन अफ इन्डियन इन्डट्रिजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भन्ने गरेका छन् । पछिल्लो समय भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेका हुन् ।

यसैगरी जयशंकरले बुद्धलाई भारतीय भनेपछि नेपालमा उनको आलोचना भएको छ । सामाजिक सञ्जालमा जयशंकरको अभिव्यक्तिको कडा आलोचना हुन थालेको छ ।

बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुरातात्विक तथ्यहरुले प्रमाणित गरिसकेको छ । सँसारभर नेपाललाई बुद्धको जन्मभुमिका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!