फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय

एक तिहाई नेकपा सांसदहरु सक्रिय

आइतबार, साउन २५, २०७७ || 717  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन एक तिहाई सांसदहरु सक्रिय भएका छन् । उनीहरुले हस्ताक्षर संकलन गरेर पार्टी फुट्न नदिन नेतृत्वलाई दबाबसहितको आग्रह गर्ने भएका छन् ।

७० सांसदको हस्ताक्षर संकलन गरेको समुहले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत् हस्ताक्षर समेत सार्वजनिक गर्ने भउका हुन् । एकताका लागि दबाब दिने समुहमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै समुहका सांसदहरु छन् ।

नेकपामा प्रतिनिधिसभाका १७४ र राष्ट्रियसभाका ५० गरी कुल २२४ सांसद छन् । ओली र प्रचण्ड दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् ।

नेकपाभित्र ओली र उनको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहबीच एक महिनायता द्वन्द्व चर्कदै आएको छ । यसले नेकपालाई फुटको संघारमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!