
हत्या की आत्महत्या को विषयमा बल्झिएको छ बलिउडका चर्चित अभिनेता सुशांत सिंह राजपुतको मृत्यु। हरेक दिन नयाँ खुलाशा भई रहेको छ । मृत्यु घटनाका एक एक पन्ना अहिले खुल्न थालेको छ ।
मृत्यु पश्चात केहि दिन देखि सम्पर्क बिहिन रहेकी सुशांतका प्रेमिका रिया चक्रवर्तीलाई ई डी ले सोधपुछका लागि बोलाए पछि अन्तत रियालाई कानुनको ढोकासम्म आउन बध्य नै हुनु पर्यो । रियाको कमाई वार्षिक १४ लाख मात्र भएतापनि उनले किनेको महँगो फ्लाईट कहाँ बाट कसरि किनेको भन्दै ई डी ले धेरै नै गम्भिर प्रश्नहरु उनको अगाडी राखेको छ । रिया चक्रवर्तीले सुशांन्तको पैसाले आफ्नो घर खर्च, भाईको पढाई, आफ्नो आवस्यकता अनुसारको सामान खरिद देखि घुमघाम गर्न समेत प्रयोग गरेको पाईएको छ । रियामाथी सुशान्तको रुपैया ठगी गरेको आरोप समेत लागेको छ ।

मुम्वई पुलिस माथि किन भएन सुशांतको परिवारलाई विश्वास ?
सुशांत सिंह को परिवारलाई मुम्वई पुलिस माथी विश्वास न हुँदा विहार पुलिसमा केश दर्ता गराई यस प्रकरणको जाँच गर्न आग्रह गरेका छन् । सुशान्तको मृत्यु प्रकरणको दुई महिना हुन लाग्दा समेत मुम्वई पुलिसले अहिले सम्म कसैलाई सोधपुछ सम्म गरेको छैन र विहार पुलिसलाई समेत सुशांत प्रकरणमा जाँच गर्न दिई रहेको छैन ।
आखिर के छ सुशांत मृत्युको रहस्य रियाको कल डीटेल अनुसार रियाले मुम्बई पुलिसका अधिकारी संग सम्पर्क गरेको तथ्य बाहिर आएको छ, तर मुम्बई पुलिसले रिया हाम्रो सम्पर्कमा नै छैन भनेको थियो किन ?रियाले एक महिनामा १६ पटक बलिउडका चर्चित फिल्म निर्देशक महेश भट्टलाई समेत फोन सम्पर्क गरेको कुरा बाहिर आएको छ । आखिर महेश भट्टको सुशांत मृत्यु प्रकरण संग के सम्बन्ध छ। त्यस्तै बलिउडका अन्य कलाकारहरु संग समेत रियाले निरन्तर सम्पर्क गरेको कुरा बाहिरिएको छ । सुशांत मृत्यु प्रकरणमा बलिउडका अन्य केहि हस्ती समेत शंकाको घेरामा रहेको समाचार स्रोतहरुको दावी रहेको छ । आखिर रियालाई बचाउने प्रयास नै भई रहेको छ त?
सुशांत मृत्यु प्रकरणको मुख्य आरोपिको रुपमा सोम्वल मिरिंडालाई राखी ई डी ले सोधपुछ अगाडी बढाउको छ । यस क्रममा सुशांतका लागि काम गर्ने श्रुति मोदी, सुशांतको सीए सन्दिप श्रीधर, सुशांतका हाउस किपिंग सेमोल मिरिण्डा लगायत संग ई डी ले सोधपुछ गरिसकेका छन् भने अन्य आरोपीहरुलाई सोधपुछ गर्ने तयारीमा रहेको छ । सोम्वल मिरिंडालाई मोहोरा बनाएर रियाले यस्तो गरेको आरोप सुशांतका परिवारले लगाउदै आएको छ ।
करिब ९ घण्टा सम्म रियको सोधपुछ
निलो कुर्ता लगाएर मास्कले अनुहार छोपी आफ्नो बुवा र भाई संगै रिया करिब बिहाना ११ बजेर ५० मिनेटमा ई डी को अफिसमा पुगेको रियालाई करिब ९ घण्टा सम्म सोचापुछ गरियो । आफ्नो व्यक्तिगत प्रयोजनको लागि सुशांतको करोड़ौ को खाता खाली गरेको आरोपमा मुछुएकी रियाको व्यक्तिगत विवरण, स्थायी–अस्थायी बसोबास, कम्पनीको डिटेल्स, इन्कम टेक्स सहित सुशांत र रिया संग सम्बन्धित विषयमा सोधपुछ गरिएको छ । रियाको हालको कमाई वार्षिक लगभग १४ लाख मात्र रहेता पनि उसको नाममा दुई वटा ठुलो सम्पती रहेको विवरण सार्वजनिक भएको हो । यती ठुलो सम्पती रिया संग कहाँ बाट आयो यो विषय पनि सुशांत मृत्यु प्रकरण संग जोडिएको छ ।
सुशांत सिंघ राजपुत चन्दिगढ़ गएको बेला रियाले महेश भट्टसंग एक महिनामा ९२ मिनेट फोनमा कुरा गरेको तथ्य बहिरा आएको छ । सुशानत चन्दिगढ़मा हुँदा उनलाई मुम्बई आउन रियाले निकै नै दबाब दिएको थियो । त्यस पश्चात सुशांत मुम्बई आउँछ र केहि दिनपछि नै उनको मृत्यु हुन्छ । सुशांतका परिवार तथा कोरोना संग युद्ध लडि रहेका बलिउडकर्मीहरु बिच सुशांत मृत्युको मन्थन हत्या वा आत्महत्याको फाँसोमा बाँधिएको छ जसको गुँथी खोल्न सी बी आइ सक्रिए भएका छन् । यस मृत्यु प्रकरणमा रिया चक्रवर्ती र महेश भट्ट निकै नै चर्चामा रहेको छ । सुशांत सिंह राजपुत लिभिङ्ग रिलेशनमा रहेकी रिया चक्रवर्ती र सुशांतलाई विल्कुलै मन न पराउने महेश भट्टको बीचमा यतिका आत्मीय सम्बन्ध किन ? के अझै केहि रहस्य खुल्न बाँकी छ ।