शनिबार, साउन २४, २०७७ || 821  पटक पढिएको

बलात्कारको अभियोग लागेका वडाध्यक्ष जेल चलान भएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।

जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको घिमिरेले बताए ।

वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । वडाध्यक्ष शाहीले ती महिलालाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

ती किशोरीलाई वडाध्यक्ष शाहीले विभिन्न बहानामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!