
बिराटनगरमा रहेको विभिन्न अस्पतालहरु पछिल्लो समय कोरोनको हब बन्दै गएको छ । प्रदेश एकको सबै भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लाको रुपमा मोरंङ पहिलो स्थानमा रहेको बेला आज बिराटनगरस्थित नोबेल मेडिकल कलेज विराटनगरका दुईजना चिकित्सक कोरोना संक्रमित भएका छन्। संक्रमित चिकित्सक दुई शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । अस्पतालको चिकित्सकमा कोरोना पुष्टि भएसंगै अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी एवम कर्मचारीहरुको स्वाब संकलन कार्य भईरहेको अस्पताल स्रोतले हिपमत डटकम लाई जानकारी दिएको छ ।।
